भिजाउँदा छातीमा, समुन्द्रको छल्कोले
रात सधैँ ओसिन्छ, सत्ते तिम्रै झल्कोले
साँझैमा
शून्य लाग्छ शहर माझैमा ।1।
बाछिटाले हानेर, भत्किएको घर झैं
बिना पिपल् भएँ म, चौतारीको बर झैं
जिन्दगी,
विछोडकै भयो बन्दकी ।2।
सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म
बिपनीमा उठेर, उन्कै गीत लेख्छु म
देश सम्झेर,
पानी जस्तै आँशु गो'खेर ।3।
छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर
छिया छिया मुटु भो, आमालाई सम्झेर
भा'छु, अधुरो
मेरो लागि दिनै मधुरो ।4।
रात सधैँ ओसिन्छ, सत्ते तिम्रै झल्कोले
साँझैमा
शून्य लाग्छ शहर माझैमा ।1।
बाछिटाले हानेर, भत्किएको घर झैं
बिना पिपल् भएँ म, चौतारीको बर झैं
जिन्दगी,
विछोडकै भयो बन्दकी ।2।
सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म
बिपनीमा उठेर, उन्कै गीत लेख्छु म
देश सम्झेर,
पानी जस्तै आँशु गो'खेर ।3।
छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर
छिया छिया मुटु भो, आमालाई सम्झेर
भा'छु, अधुरो
मेरो लागि दिनै मधुरो ।4।
मनु लोहोरुङ राई
सितलपाटी - ६, संखुवासभा
हाल : - न्युयोर्क
No comments:
Post a Comment