तर्केर हिडे पनि, झर्केर नबोल
पर्खेर बसे म नि, बिर्सेको नठान

लालीगुराँस फुल्यो रातै,भाच्नु हुदैन
पर्खेर बसे म नि , ढाट्नु हुदैन

छातीभित्र लेखे तिम्लाई, छाप्न सकिन
निधारमा तिम्रो तस्बिर,राख्न सकिन


मिलन नचाहे नि, बिछोड भो नभन
पर्खेर बसे म नि, बिर्सेको नठान

कवी
डम्बर पौडेल
चानुवा -८ ,धनकुटा हाल कतार
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.