पुर्णिमाकी जुन हौ तिमी । गजल । लक्ष्मन मिलन विष्ट । - Palpali Milan

Recent

23 February 2012

पुर्णिमाकी जुन हौ तिमी । गजल । लक्ष्मन मिलन विष्ट ।

पुर्णिमाकी जुन हौ तिमी, आकाशमा भेट्नेछु
रेसुङ्गामा, पुग्छु जब, तम्घासमा भेट्नेछु

पानि पि'ने निहु गरी, आगनीमै पुग्छु म
ढाँटे छैन कसम तिम्रै, निवासमा भेट्नेछु

मुटु चोरीन आज मेरो, गुल्मेली ति नानीले
कल्पनामा तिमी नै छौ, बाहुपासमा भेट्नेछु



मेरी प्रिया फुल्केसरा, शुन्दरी निर्झरा
मन्द-मन्द पवन हौ, बतासमा भेट्नेछु

यो ढुक्ढुकी चलेकोछ, तिमी छौ र मात्र
हरेक पल मैले फेर्ने, प्रत्यक सासमा भेट्नेछु..!!


गजलकार
लक्ष्मन मिलन विष्ट
कालिकास्थान, अछाम हाल मुम्बई

No comments:

Post a Comment

Search