मुटु बिना को बाँच्छ र ? गजल । रमेश बिमान । - Palpali Milan

23 February 2012

demo-image

मुटु बिना को बाँच्छ र ? गजल । रमेश बिमान ।

Ramesh+biman
अलिकती मुस्कान यो,फ्याँकेर हेर्दैछु
हिजो भन्दा आज बढि,आँटेर हेर्दैछु

गण्डकिको छाल भित्र, पर्दैछ मछली
भोकाएकी ती बघिनि, ताकेर हेर्दैछु

के नै छ र असम्भव? सुत्र त्यो निकाले
पानी माथी आगोलाई, बालेर हेर्दैछु


शुन्यमा त अड्दोरै'छ ! पृथ्वी यो घुमेर
एक नाम्लो थाप्लो माथि, लादेर हेर्दैछु

मुटु बिना को बाँच्छ र ? प्राणी त एकै हो
गोही संग मेरो रुप, दाँजेर हेर्दैछु

गजलकार
रमेश बिमान

Search

Contact Form

Name

Email *

Message *