सिन्दुरले,किनिएको,खेल्ने तास होइन म । गजल । सजना गुरुङ्ग। - Palpali Milan

Recent

23 February 2012

सिन्दुरले,किनिएको,खेल्ने तास होइन म । गजल । सजना गुरुङ्ग।

धेरै भन्यौ, तिम्रो निम्ति, सही वास होइन म
तिम्रो चाह, तिम्रो माया, तिम्रो आस होइन म

सबै सामु,सधै भरि,दोष दिदै मलाइ नै
बोली रह्यौ,बाँच्छु एक्लै,तिम्रो सास होइन म !

चाहे भने,सक्छु बोल्न,नारी भनि हेप्न छोड
सिन्दुरले,किनिएको,खेल्ने तास होइन म !



जति दिन्छु,उति लिन्छु,हक सबै बराबरी
साइनोले,कजाउने,तिम्रो दास होइन म !

धेरै इच्छा,मेरा पनि,तिम्रो जस्तै थरी थरी
लुटे हक,खोस्न जान्छु,मृत लास होइन म !

गजलकार
सजना गुरुङ्ग
कुस्मा पर्वत हाल इजरायल

No comments:

Post a Comment

Search