मेरो विधाता म नै हूँ । कविता । सुरेश प्रसाद अर्याल "कान्छो" । - Palpali Milan

Recent

20 March 2012

मेरो विधाता म नै हूँ । कविता । सुरेश प्रसाद अर्याल "कान्छो" ।

ऐ मेरा बाँध्यताहरु !
तिमी के सोच्छौ ?
म तिम्रो पर्खालमा ठोक्किएर,
छालसरि फर्कने छु !!
वा तिम्रो अहमताको पाहाडमा ठोक्किएर,
झरीसरि दर्कने छु !!
अफ्शोश त्यस्तो हुने छैन,
न त म तिम्रो खिल्लि उडाउदै,
पागलसरि हाँस्ने छु !

न त म तिम्रो मारले
बलेनीसरि रुने छु !
मेरो भोली उस्तै हुनेछ,
केहि नभएसरि....सामान्य,
म राँफेल र लियोनार्दोले सरि
मेरो भोलीरुपि क्यानभासमा
आफ्नै ईच्छाको रंग भर्नेछु
कालको अस्थित्व नकारेर,
भाग्यको नियम लत्तायर,
अनि समयको तगारो हुत्तायर,
किनकि म जिवित रहुन्जेल
मेरो ईश्वर म नै हूँ,
मेरो विधाता म नै हूँ..
कवी
सुरेश प्रसाद अर्याल "कान्छो"
पाल्पा नेपाल

No comments:

Post a Comment

Search