निष्ठुरीको छलमा परें म त । गजल । सुचित्रा खनिया । - Palpali Milan

Recent

15 March 2012

निष्ठुरीको छलमा परें म त । गजल । सुचित्रा खनिया ।

 suchitra khaniya from bharatpur chitwan
छोडी जाने निष्ठुरीको छलमा परें म त
जिन्दगी नै दोधारको पलमा परें म त

कति स्वार्थी रै छ भन्ने थाहा पाएं आज
माँया लुटने घातकीको दलमा परें म त

रगंमन्चको कला रैछ उसको निम्ती माँया
नबुझेरै फेरी उसकै बलमा परें म त


टुक्रिएको थियो मुटु छिनाएरै छाड्दा
समुन्द्र झैं आँसुका ती भलमा परें म त ।

गजलकार
सुचित्रा खनिया
भरतपुर,चितवन हाल इजरायल

No comments:

Post a Comment

Search