आफैँ कालो रैछौ अनि सबै कालो देख्छौ । गजल । साबित्रा लुइँटेल घिमिरे । - Palpali Milan

15 March 2012

demo-image

आफैँ कालो रैछौ अनि सबै कालो देख्छौ । गजल । साबित्रा लुइँटेल घिमिरे ।

Sabitra+Luitel+%28Ghimire%29
आफ्नो मुख हेर तिमी बल्ल थाहा पाउछौ 
आफैँ भित्र हेर नानी ! अन्त किन धाउछौ ??


पानी माथी ओभानो पो बन्न खोज्छौ तिमी
आफ्नो भेद खुल्ने हुँदा दोष अन्तै लाउछौ !!


आफैँ कालो रैछौ अनि सबै कालो देख्छौ
अध्यारो भई  सबैतिर अन्धकार छाउछौ !!

बिराएको केहि थे'न जस्तो लाग्छ म त
सधैँ भरि चोट दिन भन किन आउछौ ??

गजलकार
साबित्रा लुइँटेल घिमिरे
झापा


हाम्रो अभियान “श्रष्टाको सम्मान” । शेयर गरौँ सहभागिता जनाऔँ ।

Search

Contact Form

Name

Email *

Message *