*** साबित्राजीका गजलहरु *** - Palpali Milan

Recent

26 June 2012

*** साबित्राजीका गजलहरु ***


आँखा भरी आँशु पारी बाँचेकी छ तिम्री काली

आँखा भरी आँशु पारी बाँचेकी छ तिम्री काली
Tearsअब जिउने आशा मारी बाँचेकी छ तिम्री काली !!

मन समिप भए पनि तन टाढा भयो आज
आफू संग आफै हारी बाँचेकी छ तिम्री काली !!

समयले कस्तो खेला देखायो नि आज हाम्लाइ
विरहमा आँशु झारी बाँचेकी छ तिम्री काली !!



नसोध है ,के छ भनी ,तड्पिएर बसेकिछु
भेट्ने आशा पर सारी बाँचेकी छ तिम्री काली !!

पिंजडामा बन्दी जीवन् जसो तसो धानि रा'छु
सम्झिएर खेतबारी बाँचेकी छ तिम्री काली !!



घोडामा चढेको यौटा मान्छे मन पराऊँछु
( यौटा = एउटा )

घोडामा चढेको यौटा मान्छे मन पराऊँछु
लेखेको पढेको यौटा मान्छे मन पराउछु !
 Nepali Gajalkaar Sabitra Luintel Ghimire
काले छ त्यो मोरो मन भित्र छैन दाग केहि
मुहार डढेको यौटा मान्छे मन पराऊँछु !!

चाइन्न मलाई झट्टी हान्ने मान्छे खोर्सानीमा
हलक्क बढेको यौटा मान्छे मन पराऊँछु !!

मुखैको चेपारे होइन उ बस्यो हृदयमा
मुटुमै गडेको यौटा मान्छे मन पराऊँछु !!

खेलेको साथैमा फुच्चे हुँदा ख्याल ख्याल गर्दै
सानैमा लडेको यौटा मान्छे मन पराऊँछु !!
गजलकार
साबित्रा लुइँटेल घिमिरे
झापा

Search