** वेद दाजुका मायापिरतीका गजलहरु ** - Palpali Milan

13 July 2012

demo-image

** वेद दाजुका मायापिरतीका गजलहरु **

** प्रेमको गांठो **

512px-Lawrence_Alma-Tadema_-_Ask_Me_No_Moreप्रेमको गांठो सुर्केपारी चट्ट कसे हुन्थ्यो,
सफा चिट्ट यो दिलामा फट्ट बसे हुन्थ्यो,

अभिलाषी प्रेमको माला जप्दै धुनी लाउंछ,
उर्वशीले उस्को ध्यान कट्ट डसे हुन्थ्यो,

मांयाको रंग जोगाउंनुछ उडिजान बाट,
प्रितकै लेपन तनमनमा झट्ट घसे हुन्थ्यो,

तालमा ढुंगो तार्दैछ यो पिरतिको जोगी,
थाप्दा झोली छालबनेर सट्ट पसे हुन्थ्यो,



अर्कोजुनी सांच्ने किन यहि जुनिको भरहो,
प्रिति चट्याङ यो ज्यानमा पट्ट खसे हुन्थ्यो ।


** मेरो दिलको मझेरीमा **


मेरो दिलको मझेरीमा माया तिम्रै बास छ,
Harold_Copping_The_suitorतिमी साथैछौ र पो त यो ज्यानमा सास छ,

समाधिस्त जोगी जस्तै निराहार त्यो ठिकै,
दिन रात के मुखमा संधै पिरतिको गास छ,

सात समुन्द्रपारी आज ढल्पलाउंदो ज्यान,
रति चिन्ता छैन मनमा माया मेरो पास छ,

सबै थोक हारे पनि जितेकैछु संसार भनौं,
मायालुको प्रतापहो त्यो कुनै कुरा खास छ,

त्यो मनको दुवाली चाहिं नफुटोस है मांया,
युगान्तरलाई साथ पाउं यहि मेरो आश छ ।


** मौका चुक्ला कान्छी **


बेलै माथि लाईदेउ मांया मौका चुक्ला कान्छी,
शुन्य मनको आगनीमा पराई ढुक्ला कान्छी,

साथ तिम्रो चाहिएको हो उडाई लान होईन,
हात्सारको पैदलयात्रा जाउला लुक्ला कान्छी,

बिना मेसो वैंशको घोडा नदौडाउन तिमी ,
Bed+Thapaसमयले फर्किएर हाम्लाई थुक्ला कान्छी,

प्रेमको कुरा खेल हैन यो मन्लाई जोडने तार हो,
ख्याल ठट्टाले बांधिएको गांठो फुक्ला कान्छी,

अनुरोधलाई स्विकार गर दिलमा बास देउ,
ताल बिग्रेमा प्रितको आंधि ठाडै सुक्ला कान्छी ।




गजलकार
वेद थापा बेहोशी”,
सेतिदोभान ७, स्यांग्जा।।
Maya Pirati Ka Nepali Gajal Haru By Bed Daju.

Search

Contact Form

Name

Email *

Message *