मरिसकेको छैन म, सास त चलिरा'छ साथी !! - Palpali Milan

Recent

10 June 2012

मरिसकेको छैन म, सास त चलिरा'छ साथी !!

Milan Aryal Palpali Milan)
सुखको आश देखाई, दुःखले छलिरा'छ साथी
मरिसकेको छैन म, सास त चलिरा'छ साथी !!

सगरमाथा सरी विशाल होइन मेरो लक्ष्य
तथापी बिच बाटोमै पाइला गलिरा'छ साथी !!

त्यसै खेर गयो रे मेरो निष्ठा र इमान्दारिता
स्वार्थी संसारमा आर्दश सबै जलिरा'छ साथी !!


काम,क्रोध,लोभ र मोहको एकलौटी राजले
चोखो मेरो आस्थामा कालोमोसो दलिरा'छ साथी !!

आधीँलाई छिचोलेर अगि बढ्ने अठोट गरी
आशारुपी जीवनज्योती अझै बलिरा'छ साथी !!


Milan Aryal
पाल्पा खस्यौली
हाल बुटवल

Search