Birthday SMS, Massage, Wishes, Greeting, Text In Nepali.
मेरो प्यारो साथीको जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनारुपी शब्दहरुको पुष्पगुच्छा अर्पित गर्न चाहन्छु ।
बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई, वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई, शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई, शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई, के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई ।

जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।
तिमीजस्तो प्यारो साथी पाएकोमा भगवानजीलाई धेरै धेरै धन्यवाद दिदैँ तिम्रो जीवन सधैँ हासोँ,खुशी र सफलताले भरीयोस भनी हृदयको अन्तरकुना देखी नै प्राथना गदैँ जन्मदिनको शुभकामना दिन चाहन्छु ।
दुःख,पिडा,चिन्ता,रोग जतिलाई सुटुक्कै बाढीले बगाई लगोस अनि छ नि सुख,सन्तुष्टि,उमंग अनि सफलताले जतिले तिमीलाई माने के नाम अह..ए अह...बल्ल याद आयो चुम्बकले फलाम छोपे झैँ च्यापै छोपिराखोस । लौ यो वर्षलाई यसैले काम चलाउ अर्को वर्ष अलि राम्रो शुभकामना पठाउला ।