गजलहरुको साझा रस्वादन ( भाग - १ ) - Palpali Milan

Recent

20 August 2012

गजलहरुको साझा रस्वादन ( भाग - १ )

सहयात्री गजलकारहरुको उत्कृष्ट गजलहरुको साझा रस्वादन ( भाग - १ ) 



काँडा रोपी फूल फूलाउन ( कृष्ण मानव खड्का )


krishna manav khadka
काँडा रोपी फूल फूलाउन सक्ने हिम्मत राख !
धर्ती फोड़ी मूल खुलाउन सक्ने हिम्मत राख !

हिम्मत गरे के हुन्न ? हरेस न खाऊँ साथी हो !
पैतालाले ढुंगा धुलाउन सक्ने हिम्मत राख !!!

भोली आखिर के भर छ ? मरी जाने चोला न हो !
पाप लाइ धर्ममा घुलाउन सक्ने हिम्मत राख !!

बीर अनी शांति तिम्रो पहिचान न झुकोस सदा !
मानवताको सिर चुलाउन सक्ने हिम्मत राख !

ज़ोश गर जाँगर गर, गर पौरख तिम्रा हातले !
हत्केलामा सूर्य झुलाउन सक्ने हिम्मत राख !

आऊ जाग युवा शक्ति हाम्रो देश सुधार्नुछ अब !
द्रोही र भ्रस्टचारी हुलाउन सक्ने हिम्मत राख !



चन्द्र सूर्य अंकित झण्डा खुलाउनु छ { टिका खड्का ( राष्ट्रप्रेमी ) }


Tika Khadka "Rashtrapremi"हरेक खेतमा लहलह अन्नबाली झुलाउनु छ
फर्कौँ साथी यी पसिना त्यै माटोमा घुलाउनु छ ।


रोकौँ विनाश प्रकृतिको बनाउ सधैँ सुन्दर राष्ट्र ,
दुनियाँलाई यो राष्ट्रको सुन्दरतामा भुलाउनु छ ।


नाँच्दै देउडा चण्डी धान , रमौँ अनेक संस्कृतिमा ,
हरेक मनमा भाईचाराको दिगो नाता हुलाउनु छ ।


जागौँ उठौँ देश् बनाउने दृण लक्ष्य मनमा बोकी ,
रोएकी ती जननीको ओठमा हाँसो फूलाउनु छ ।


कालापानी सुस्ता अनि , अतिक्रमित हरेक ठाउँमा ,
स्वाभिमानले चन्द्र सूर्य अंकित झण्डा खुलाउनु छ ।



 गाउँ बेसीमा ( अतित लिङ्देन ( सुब्बा )
Atit Lingden
सारंगी र मादलु घन्कीदैछ गाउँ बेसीमा
सानी नानी हेरन सन्कीदैछ गाउँ बेसीमा ।।

बारुली त्यो कम्बर झल्किएको रुप देखेर
पागल भै आवारा फन्कीदैछ गाउँ बेसीमा ।।

झलमल देखीने आँगनीको फूल फुलेसी
फूलै माथी भमरा भन्कीदैछ गाउँ बेसीमा ।।

छरी दियो किरण घाम बनी साँझ बिहान्
पाखाबारी रापले रन्कीदैछ गाउँ बेसीमा  ।।

नाता टुट्यो हेरन अंश रोज्ने दाजु भाईको
आवेशमा आगो भै दन्कीदैछ गाउँ बेसीमा ।।




.

No comments:

Post a Comment

Search