एकदिन उधोगपति र कविको भेट भएछ। उधोगपतिले कविलाई भनेछ -आ!कविजी के चाहिँदा नचाहिँदा कुरा लेखेर जीवन खेर फाल्नु हुन्छ?बरु त्यो एउटा कोठामा झोक्र्याएर बस्ने समय कुनै उधोग धन्दामा लगाउनु भएको भए यिनताका मालामल भैसक्नुहुथ्यो। यी तपाईका कविता न कसैले पढ्छन् । न कसैले मन पराउछन्। बेकारमा समयको बर्वादी।



कवि गम्भीर मुद्रामा बोलेछन्-उधोगपतिजी मान्छेले जे जान्दछ त्यहीं बोल्दछ। तपाईका कुरा पनि खराब हुन् भन्दिन म। तर जव एउटा मान्छे आदतले मजबुर बन्छ, तव ऊ कसैले भनेको सुन्दैन। घाटा नाफाको मूल्याङकन नगरि एकहोरो आफ्नै सुरमा लागिरहन्छ।म मैले लेखेका शब्द सबैले मन पराउनै पर्छ भन्दिन। यति सोच्छु-मैले लेखेका कुरा दिनमा एकै जनाले पढे भने पनि वर्षमा ३६५/जनाले पढ्नेछन्। कवि आभव ओढ्छ। अभाव ओछ्याउछ। अभाव पिउँछ। तर उसका कविता कसैले पढ्दैनन् भनेर लेख्न छोड्दैन।

कविका कुरा सुनेर उधोगपति यस्ता पागलसँग के बोल्नु ? भन्दै अर्कोतिर फर्कियो।

कवि उधोगपतिको व्यवहार देखेर मुसुक्क मुस्कुराए।
कथाकार
गीता थापा “दोषी”
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.