भोकको स्वाद ( कविता ) सुधीर ख्वबि । - Palpali Milan

06 September 2012

demo-image

भोकको स्वाद ( कविता ) सुधीर ख्वबि ।




Sudhir+Khobi
चपाई हेरें
टुटे फुटेका सपनाहरु
भोक मेट्न !


छैन केहि स्वाद
चपाइरहेको सपनाको गाँसमा
तर लागिरहेछ स्वादिलो !


मेरो मुख
रसाईरहेछ मिठो स्वादले
र रमाई रहेछ, मन !


तर म भन्न सक्दिन
यो के को, कस्तो स्वाद हो
नुनिलो अनि मिठो स्वाद !


थाहै भएन मलाई
मैले लिईरहेछुं भोकको झोंकमा
आफ्नै मृत सपनाको लाशको स्वाद !

कवि 
सुधीर ख्वबि
ललितपुर नेपाल


Search

Contact Form

Name

Email *

Message *