Dinosaur को पालादेखी 4G युग सम्मको 7 Funny Nepali Jokes,Chutkila - Palpali Milan

Recent

13 February 2017

Dinosaur को पालादेखी 4G युग सम्मको 7 Funny Nepali Jokes,Chutkila

7 Funny Nepali Jokes,Chutkila


यो पोस्टमा हाम्रो ब्लगको हिरोहरु काले र गोरे मार्फत केहि रमाइला Nepali Jokes,Chutkila लगायत समेट्ने प्रयाश गरेका छौ । आशा छ मन पराइदिनुहुनेछ ।

funny nepali cute girls with moustache,nepali funny girls photo तिमी मूर्ख हो या म ?

कालेकी बुढीले कालेलाई

पत्नी: ल नढाटी भन त बुढा तिमी मूर्ख हो या म ?

पति: (एकैछिन सोचेर )
हेर प्रिय यो त सबैलाई थाहा भएकै कुरा हो कि तिमी अत्यन्तै बुद्धिमानी छौ अनि तिमी ले कुनै मुर्खा सित बिहे गर्ने त कुरै भएन होइन र ? ?

काली यो उत्तर सुनेदेखी बेहोश भएकी अझै होश आको छैन रे !!



 घरी घरी त लाग्छ

आजकलका केटीहरुको Facebook Profile हेर्नु पर्छ सबैमा अनुहार फरक फरक देखिन्छ ।
घरी घरी त लाग्छ सबैले
इच्छाधारी नागिन हुने बरदान पाएकी क्या हो ?

मेकअपको कमाल  

कालेकी बुढी एकाबिहानै उठेर मेकअप गर्दै थिइन । यो देखेर
funny nepali selfie,nepali boy and girl funny selfie

काले - होइन यो बउलाई कि क्या हो एका बिहानै उठेर मेकअप पो गर्दै छी त ।झन बुढिको हात को मिठो चिया खान पाइ एला भनेको त ।

काली - नकराउन बुढा ! Facebook चलाउन पर्‍यो भनेर मोबाइल खोल्न लाको मरिगए खुलेन के !
काले- होईन अनि मेकअप किन नि ?

काली- मोबाइलको लक मा मेरो अनुहारको फोटो राखेको मेकअप नगरिकन त खुल्दै खुल्दैन के ? 

गोरे र डॉक्टर साब
 
गोरेलाई एपेन्डिक्स को ऑपरेशन गर्न टेबलमा सुताइरको बेला ।
गोरे डराउदै :  डॉक्टर साब, हॉस्पिटल कहिले सम्म बस्नु पर्छ होला ?
डॉक्टर : ऑपरेशन ठीक भए एक हप्तामा घरमा नत्र …
गोरे : नत्र के डॉक्टर साब ?

डॉक्टर : नत्र आधा घण्टामा सिधै माथी स्वर्ग !!!
funn radio x-ray troll
५ मिनट रुक्नु है डाक्टर साब ?

गोरी – मेरो अनुहार मा पोलीराको छ लौन डॉक्टर साब के गर्ने होला ?
डॉक्टर – हजुर को अनुहारको एक्स रे गर्न पर्छ ।
गोरी – एक्स रे मा के गर्छन डाक्टर साब ?
डॉक्टर – अनुहारको फोटो खिच्न्नु पर्छ ।

गोरी – ५ मिनट रुक्नु है डाक्टर साब ?

डॉक्टर - किन र ?


गोरी - मेक अप गर्नलाई नि ।

गोरे दाई किन रिसाछन ?

गोरे सोफा मा सुतिराको देखेर
गोरी : सोफामा त बस्ने पो हो काहा सुतिरको ?
गोरे सुनेपनी नसुनेझै गरी सुतिरहन्छ तर अलि पर बसेको काले चाही मरिमरी हास्छ ।
गोरी : होइन बाबु के बाबु क भो र दाई किन रिसाछन ?

काले : अनि के भाउजु, झाडु बडार्नलाई,डाडु तरकारी पकाउनलाई अनि चप्पल खुट्टामा लगाउनलाई हो नि,सबै दाईलाई पिट्न थोडी हो र ? 


 भैसिलाई घास

शहरमा बसेकी कालिको  गाँउको झिल्के काले सित बिहे भएछ ।
अर्को दिन बिहानै  सासुले कालीलाई भैसिलाई घास हालेर आइज भनिछन ।

घास हाल्न गएकी काली भैसीको मुखभरी फिजैफिज देखेर फर्किछिन ।

सासु: के भो बुहारी यती छिटै घास त दियौ नि ?

काली : नाई आमा ।
सासु : किन नि ? 


काली : भैसी अहिले दाँत माज्दै छ ।

जोक्सहरु मन परेमा Like मा Click गरी Confirm मा Click गरी साथीहरु माझ बाड्नुहोला ।

2 comments:

  1. wow really funny jokes yaar i just loved all of these.

    ReplyDelete
  2. WHAT A FUNNY JOKES MAN

    ReplyDelete

Search