Nepali Gaun Khane Kathaharu - Palpali Milan

Recent

02 September 2010

Nepali Gaun Khane Kathaharu




१ प्राय: जसो सबै पाल्छन काटी खान हुन्न
नयाँ मानिस कोही आए सिधै पस्न दिन्न
के होला ?


२ आइकुटी बाइकुटी कुटीकाइ
आँखा टुलटुल मुन्टै नाइ
के होला ?


३  च्यान्टे भुन्टे कलुवाको वनमै छ बास
जतिखेर खान पनि रगतकै आस
के होला ?


४  दिनभरि लुरीखुरी
रातभरि कान्लो कुरी
के होला ?
...
...



५  फतफते बुढीको तालुमा भुंग्रो
के होला ?



६ टाउकामा फुर्के टोपी पिठ्यूमा छ जुँगा
लुगा खोले दाना दाना टल्किदिन्छ मुगा
के होला ?


उत्तरहरु(१) कुकुर (२) गंगटो (३) जुम्रा (४) हलो (५) तमाखु/हुक्का (६) मकै

No comments:

Post a Comment

Search