Endless........n........intresting Nepali story of Rupak - Palpali Milan

Recent

15 April 2011

Endless........n........intresting Nepali story of Rupak



Zack's Another Tricks


बाबा ज्याकको सबै आइडियाले फेल खाएपछि रुपक लगायत उसका सबै साथीहरुले नचाहदानचाहादैँ पुरै रात जेलमै बिताउँछन र बिहानीपख इन्सपेक्टरले एकचोटीलाई माफ भयो भनी सबैलाई छोडीदिन्छन । चिसोँ भुई र लामखुट्टेको टोकाइले गर्दा रातभरी सुत्न नपाएका रुपक, ज्याक अनि रोबिन साथीहरुसित बिदावारी भई रोबिनको घरतिर लाग्छन र घरपुग्ने बित्तिकै बिस्तारामा पल्टिनछन र एकैछिनमा भुस हुन्छन ।
उनीहरु उठ्दा दिउसोको एक बजिसकेको हुन्छ अनि फ्रेश भई खाना खाई रुपक र ज्याक रोबिनसित बिदावारी भई चढछन बुटवल जाने बसमा अनि सधाझै फेरी पनि अन्तिम सिटमा बस्छन । रुपक र ज्याक आफ्नै सुरमा मस्त हुन्छन भने बस पनि तिव्र गतिमा गुड्दै कावासोती चोरमारा अरुणखोला दुम्किबास हुदैँ दाउन्ने आइपुग्छ र खाना खानको लागि भनी रोकिन्छ । अबेर खाना खाएकोले रुपक र ज्याक बसमै बस्छन भने अरु यात्री, ड्राइभर र खलासी भने खाना खाइवरी एकैछिनमा आउँछन अनि बस फेरी दाउन्नेको उकाली र ओरालीलाई पछि पार्दै बस बर्दघाट मात्र के पुगेको हुन्छ बस अचानक झ्याप्प रोकिन्छ र अन्दाजी २०–२१ वर्षकी एउटी युवती बसमा चढ्छिन र अन्त कतै सिट खाली नभएकोले अन्तिम सिटमा गएर बस्छिन ।

के खोज्छस् कानो आँखो भनेझैँ आफ्नो छेवैमा आएर त्यी युवती बसेपछि
 ज्याक निकै खुशि हुन्छ तर रुपकले खासै वास्ता गर्दैन । यस्तैमा एकैछिनपछि ज्याकले उपयुक्त मौका छोपी त्यी युवतीसँग परिचय गर्दछ र उनको नाम जेनी हाल बि.बि.एस. पढ्दै गरेको तथा भलुहीमा घर रहेको भन्ने कुरा पत्ता लगाँउदछ । मिठामिठा कुरा गरेर जेनीलाई मस्का मारी रहेको देखी “ यसलाई त जति भए पनि नपुग्ने भो बा !” भनी रुपकले मनमनै सोचिरहेको हुन्छ र यस्तैमा बस देवदहमा आएर रोकिन्छ । किन बस रोकेको भनी एउटा यात्रुले सोध्दा ड्राइभरले बुटवल लाने केही सामान लोड गर्न पर्ने भएकोले हो भनी जवाफ दिन्छ र आफु पनि बसबाट झर्छ ।
यस्तैमा ज्याकले रुपकलाई कानेखुशी गर्दै –“ ओयै, रुपक तँ बाहिर गएर एकचोटी मलाई फोन गर्न है..” भन्दै जेनीले नदेख्ने गरी सय रुपिया खुसुक्क रुपकको खोल्टिमा राखिदिन्छ र जा न जा भन्दै उठाएर धकेल्छ र रुपक अच्चम मान्दै रिसाउदैँ बस बाहिर निस्कछ । रुपक बाहिर गएको देखी जेनीले के भो र भनी सोध्दा ज्याकले केही होइन, उसको आफन्तीको घर छ रे त्यही पर, यसो भेटेर आउँछु भनेर गको हो भनी जवाफ दिन्छ ।
यता रुपक बसबाहिर निस्किन्छ र होइन यो ज्याक फुस्किन लाग्यो कि क्या हो ! किन फोन गर्न भनेको होला ! भनी मनमनै कुरा खेलाउदैँ नजिकै रहेको पि.सि.ओ.बाट ज्याकलाई फोन गर्दछ र त्यसपछिको उनीहरुको कुराकानी......आफ्नो खोल्टीबाट मोबाइल निकाली जेनीतिर हेरी मुस्कुराउदैँ,
ज्याक–“ हेलो हजुर, को बोल्नुभको ?”
रिसाउदैँ रुपक –“ यमराज बोलेको यमलोकबाट, आफैँले फोन गर्न लगाउँछ अनि को बोलेको पो भन्छ.....”
मुस्कुराउँदै ज्याक –“ए यमजी पो अनि सन्चै हुनुहुन्छ ? अनि कति कामले सम्झिनुभयो आज ?”
ज्याक झन जिस्किएपछि मुरमुरिदैँ रुपक –“ बालुवाटारबाट बोलेको तँलाई सपथ ग्रहण गराउन..”
ज्याक –“ हा हा हा ए मन्त्रीसित भेट गर्नु थियो, ए ल ल हुन्छ , यसो गर्नु न मलाई साझतिर एकचोटी अर्को नम्वरमा कल गर्नुस न यो सेट बिग्रिएको छ राम्ररी सुनिन्न के ...”
ज्याकले के गर्न खोजेको केही बुझ्न नसकि अलमलिदँै
रुपक –“ होइन, तैँले अर्को नं. कहिले लिइस ? के हो तेरो फुस्कियो कि फेरी कुनै नयाँ नाटक गर्न लागिस....”
हास्दैँ ज्याक –“ए, ल ल हुन्छ टिप्नुहोस त ९८०७५८१...” भन्दै बसका सबैले सुन्ने गरी चिच्याउछ अनि “ल अहिले पछी यही नं. मा गर्नुहोला” भन्दै फोन काटिदिन्छ ।
ज्याकले यो सब किन गरिराछ भन्ने केही बुझ्न नसके पनि रुपकले अब त बस हिड्ने बेला भो होला भनी सम्झी फोन गरेको पैशा तिरी छिटो छिटो हिड्दै बसमा आई ज्याकतिर हेर्दै आफ्नो सिटमा बस्छ । केहीबेरपछि बस भलुहीमा आइपुग्छ अनि जेनीले दुवैलाई हेर्दै “ म त यही झर्ने हो । ” भन्दै उठ्छिन अनि बसबाट झर्छिन । बसबाहिरबाट ज्याकलाई बाई भन्दै जेनीले हात हल्लाउछिन तर ज्याकले उनीतिर हेर्दै मुस्कुराउदैँ“फेरी भेटौला”
भन्छ त्यसपछि बस फेरी तिव्र गतिमा गुड्दै बुटवल औधोगिक क्षेत्र, चौराहा, मिलनचोक हुदैँ नयाँबसपार्कमा आएर रोकिन्छ अनि रुपक र ज्याक तथा अरु सबै यात्री बसबाट झर्छन् अनि दुवै जना नजिकै रहेको होटलमा पसी नास्ताको अर्डर दिन्छन ।

यस्तैमा अघिदेखी नै सोध्न मन लागे पनि बसमा जेनी अनि अरुको सामु सोध्न झ्याउ लागेर केही नसोधेको रुपकले ज्याकतिर हेर्दै–“ होइन, अघि देवदहमा तैँले के नाटक गरेको हँ ? मलाई फोन गर्न लगाइस, अनि पुरानै नं. चिच्याई चिच्याई किन सुनाउन प¥यो तलाई हँ ? अनि अझ के मन्त्री पनि भन्दै थिइस नि ....”
रुपकको प्रश्न सुनी ज्याक–“ हेर बाबु यस्तो कुरा तैले बुझ्दैनस के यार !” भन्दै बेस्सरी हाँस्छ अनि फेरी भन्छ –“ हेर यार, जेनीसित परिचय भयो
अरु धेरै कुरा पनि भयो, अनि नं. मागुँ भनी ऊले देली नदेली ! फेरी आफ्नो नं. पनि उसले नमागी कसरी दिनु भनेर यो सब आइडिया लगाको नि यार । तँ भनी त्यसै रिसाएर, अनि के भनिथिस रे, यमराज बोलेको यमलोकबाट अझ बालुवाटारमा सपथ ग्रहण...” भन्दै हाँस्छ र हास्दाहास्दा आफु बसेको कुर्सीबाट लोट्छ ।

ज्याकलाई त्यसरी लोटेको देखी अघिदेखी रिसाइरहेको रुपकलाई पनि
हासोँ लाग्छ र आफ्नो हाँसो रोक्न नसकि मज्जाले हाँस्छ अनि –“ माने बा, माने मैले तलाई, तर जेनीले तँलाई फोन गर्छीन भन्ने के ग्यारेण्टी छ र ?” भन्दै ज्याकलाई उठाउछ । आफ्नो कपडा मिलाउदैँ ज्याकले –“ओये बाबु मेरो हिजोको आइडिया फ्लप खायो भनेर शंका नगर यार यो बाबा ज्याकको फर्मुला नं. ७ हो र अहिलेसम्म यसले जहिले पनि काम गरेकै छ, बुझिस..हेर्दै जान न....” भन्दै आफ्नो सर्टको कलर मिलाएझैँ गर्दछ र यस्तैमा ज्याकको मोबाइलको घण्टी बज्न सुरु गर्छ र दुवैजना चुप लाग्छन ।


आखिर कस्ले ग¥र्यो होला ज्याकलाई फोन कतै जेनीले त होइन कि अरुले नै हो ? अनि के बुटवलमा रुपकले रुपालाई भेटाउला त अथवा रुपासितको पहिलो भेट नै अन्तिम हुने हो ? यी सबै खुल्दुली मेटाउन यो कथाको दशौँ भाग लिएर यहाँहरुमाझ हामी चाडैँ नै आउनेछौँ त्यत्तिन्जेल प्रतिक्षा गर्नुहोला ।

1 comment:

Search