Last letter **अन्तिम पत्र** - Palpali Milan

Recent

21 September 2011

Last letter **अन्तिम पत्र**


अन्तिम पत्र

रिमा....

               के शब्दले सम्बोधन गरु तिमीलाई आफैँ अलमलमा परे अनि सोचे तिम्रो नाम मात्रै लेखु । कति नमिठो हुदोँरहेछ विछोडको पिडा...नचाएर पनि भोगीरहेको छु । मिलनका कसमहरु पुरा गर्न नसक्दा यो अन्तिम पलमा पनि तडपिरहेको छु । तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जब समयले नै धोका दिइगयो । साथ रहने वाचा हाम्रा सबै खेर जाने भयो । विवशता अनौठो आइलाग्यो, अप्ठेराहरु अच्चमका देखापरे । सधैँ साथ दिन्छु भन्थे तर बाध्यतावश हाम्रो साथ छुट्ने भयो ।.....
.......
..



रिमा..दोष तिम्रो केही छैन । दोष त मेरो नै हो । यो धर्तिमा आउँदा भगवानसित थोरै समय मात्र लिएर आएको रहेछु । तिमीसँगै जीवन बिताउने चाहना थियो तर सबै इच्छा कहाँ पुरा हुदाँ रहेछ र !!!

रिमा... तिम्रो हृदय अब धेरै नदुखाउनु । म तिमीबाट धेरै टाढा जादैँछु, सक्छौ भने मलाई माफ गरिदिनु । मलाई बिर्सी आफ्नो नयाँ संसार बसाउनु... तिम्रो खुशिमा नै मेरो खुशि छ...बिन्ती तिम्रो नयनबाट कहिल्यै आशुँ नर्झानु । यो जुनीलाई यस्तै भो अर्को जुनी संगै बिताउलाँ ।
तिमीलाई माया गर्ने
रोमन




Nepali gajal,Nepali poem,Nepali love letter,Nepali Story,Nepali sayeri,Nepali Kabita and many more.

No comments:

Post a Comment

Search