जीवनमा सबै भन्दा महत्वपुर्ण कुरा केलाई ठान्नुहुन्छ ? - Palpali Milan

18 October 2011

demo-image

जीवनमा सबै भन्दा महत्वपुर्ण कुरा केलाई ठान्नुहुन्छ ?

नभई नहुने त्यो मोरीको माया
नभई नहुने खोल्टीमा पैशा हजुर

साथीबिनाको संसार त कल्पनै नगरौँ भो
परिवार बिना त जिउनै गाह्रो पर्ला हजुर

गुल्मीका साथी अभिनाशजीले आफ्नो अमुल्य सुझावहरु सहित हामीलाई हाम्रो ई–मेलमा पठाउनुभएको यो छोटो मिठो गजलमा भनिएझैँ परिवार, साथीसँगी, माया अनि पैशा कुनै पनि मानिसलाई जीवन बिताउन नभई नहुने कुराहरु हुन भन्दा सायदै कुनै अतियुक्ति होला । यसै सन्र्दभमा हाम्रो यो ब्लगमा पाल्नुहुने हजुरजस्तै साथीहरुलाई "जीवनमा सबै भन्दा महत्वपुर्ण कुरा केलाई ठान्नुहुन्छ ?" भनी एउटा प्रश्न सोधेका थियौ । जसमा यहाँहरुले भोटको मध्यमद्वारा व्यक्त गर्नुभएको अभिमतको लागी हृदय देखिनै साधुवाद व्यक्त गर्दछौ । उक्त प्रश्नको अन्तिम नतिजा यसप्रकार रहेको छ :

.com/blogger_img_proxy/




Image+2




कुल एक सय तीन भोट मध्ये ६४वटा भोट परिवारमा परेकोले धेरैजसो साथीहरुले परिवारलाई बढी दिनुहुन्छ भन्ने कुरा प्रष्ट रुपमा देखिन आउँछ । परिवारको अलावा मायाले ३७, साथीले २४ र पैशाले २५ भोट प्राप्त गरेको छ ।

यो त भयो हाम्रो यो भोटिङ्गमा भाग लिनु भएको साथीहरुको विचार, के हजुर पनि परिवारलाई नै सबैभन्दा बढी महतवपुर्ण मान्नुहुन्छ वा अरु केहीलाई नै ? 
आफ्नो
विचार व्यक्त गर्न चाहानुहुन्छ भने तल दिइएको कमेन्ट बक्स प्रयोग गर्नुहोला । उत्कृष्ट विचार व्यक्त गर्नु हुने साथीको विचार र फोटो यही पोस्टमा समावशे गरिनेछ । आफ्नो विचार व्यक्त गर्ने यो सुनौलो मौका नगुमाउनुहोला ।

Search

Contact Form

Name

Email *

Message *