हरे कृष्ण ( नेपाली गजल ) - Palpali Milan

Recent

09 November 2011

हरे कृष्ण ( नेपाली गजल )

फुल्न नपाई वैंश झर्यो हरे कृष्ण
सारा खुशी कसले हर्यो हरे कृष्ण

जवानीले छुँदा घरजम गर्ने रहर हुँदा
अझै कुमार बस्नु पर्यो हरे कृष्ण

जसलाई आफ्नो ठानी दिलै भित्र सजाँय
आज उसैले आँखा तर्यो हरे कृष्ण

एकान्तमा एक्लै कतै पीडामा नै बाँचे
सारा रहर अन्तै सर्यो हरे कृष्ण..
.


आशाहरु मरेर बेहोशी भै लडे कतै
लाग्छ भाग्यले घात गर्यो हरे कृष्ण

भुली सके बाँच्न अब माया प्रिति साँच्न
बिवश आत्मा आज मर्यो हरे कृष्ण


हरे कृष्ण ( नेपाली गजल )

गुल्मी हाडहाडे
Now in Dubai, United Arab Emirates

No comments:

Post a Comment

Search