यो कविता हाम्रो इतिहासको एक उदाहरणीय पात्र भिमसेन थापा,जसलाई हामीले सम्मान पुर्वक विदाई गर्न सकेनौ,जसको देश भक्तिको भावनाको कदर भएन,वहाँप्रति सर्मपित गर्न चाहन्छु ।
स्वभिमानलाई आफ्नो धर्म ठान्ने
पुरै दक्षिण एशियाको उत्थान चाहने उ
सुगौली सन्धि गरेरै भए पनि देश बचाउने उ
अब स्वामीको लागि आफ्नो पगरी पसार्ने छैन
ज्यान ढाक्न न जंगी पोसाकको साहारा नै लिनेछ
किन कि आज भीमसेन मरेको छ..
.
गिद्दहरु उसको लास माथि नाच्दै छन्
उसको शरीरको अंग-अंगहरु कुहिदैछन
उडुस-उपियाले पनि उसको साथ छोडेको उहिले हो
जुम्राले रगत चुस्न छोडेको पनि धेरै भो
न त कसैले स्वस्ति गरे मुत्खियार भन्नेछन
किन कि आज भीमसेन मरेको छ
कोहि उसको गिदीको कवाब बनाउदै छन्
कोहि साप्राको डोमइस्टिक संग रमाउदै छन् त
कोइ चेस्टपिस लुछ्दै छन्
उसका हरेक अंगहरु भागबन्डामा परिसके
अब सबैले आ-आफ्नो भागको सिनो पाउनेछन
किन कि आज भीमसेन मरेको छ
काट्टो खानेहरुको पनि भुइमा खुट्टा छैन .
अब उसले कुनै जालझेलको पात्र हुनुपर्नेछैन
न त प्राण प्यारी नांगीएको सुन्नुपर्नेछ
स्वाभिमानलाई जोगाउने जिम्मा उसमा रहेन अब
न कुनै राजकुमारलाई मरेको आरोप लाग्ने छ
अब उ पवित्र बाग्मतिको किनारमा सिनो बनेर पल्टीएको छ ..
बस गिद्द रमाउदै छन् शैतानको उत्सव छ.
किन कि आज भीमसेन मरेको छ
Nepali Kabita ( Aaj Bhimsen mareko Chh )
**हाम्रो देशको हालत बागमतिमा फालेको भिमसेनको लास जस्तो भएको छ । जसलाई(भ्रस्टाचारी) गिद्दहरु लुछ्दै छन् ,जसलाई मसानघाटका(शैतान) देशद्रोहीको आहार बनाइदै छ ..
No comments:
Post a Comment