प्रबास छाडी गाम-बेसी धाउने बेला आएकोछ ( नेपाली गीत ) - Palpali Milan

14 November 2011

demo-image

प्रबास छाडी गाम-बेसी धाउने बेला आएकोछ ( नेपाली गीत )

मेची-कोशी शब्द बुनी गाउने बेला आएकोछ
प्रबास छाडी गाम-बेसी धाउने बेला आएकोछ

nepali+ghar+purano+nepali+khar+ko+ghar+nepali+village+home
जति प्रबास बसे पनि समस्याले छाड्ने होइन
झर्छ बरु असिना कालो बादल फाट्ने होइन

खेत-बारी संग मित लाउने बेला आएकोछ
प्रबास छाडी गाम-बेसी धाउने बेला आएकोछ.
.

.
चाहनाको खेति गर्दा समस्याको निकास भएन
हामी युवा प्रबास बस्दा देशको पनि विकास भएन

हिमाल पहाड तराई सबै छाउने बेला आएकोछ
प्रबास छाडी गाम-बेसी धाउने बेला आएकोछ

मेची-कोशी शब्द बुनी गाउने बेला आएकोछ
प्रबास छाडी गाम-बेसी धाउने बेला आएकोछ

Rajesh+Rumba+Lama
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com
प्रबास छाडी गाम-बेसी धाउने बेला आएकोछ ( Nepali Geet )

Search

Contact Form

Name

Email *

Message *