कुनै खास मान्छे होइन - Palpali Milan

17 November 2011

demo-image

कुनै खास मान्छे होइन


कसैले तिमीलाई सोधे को हु म ,
तिमीले भनी दिनु कुनै खास मान्छे होइन"

एउटा मित्र हो कच्चो पाको जस्तो
एउटा झुठ हो आधा साचो जस्तो
इच्छाहरु ढाक्छन एउटा पर्दाले
एउटा बहाना हो राम्रो राम्रो जस्तो
जीवन को एक यस्तो साथी हो
जुन सामु भएर पनि नजिक छैन


कसैले तिमीलाई सोधे को हु म ,
तिमीले भनी दिनु कुनै खास मान्छे होइन"

हावाको एउटा मिठो लहर हो
कहिले नरम त कहिले चट्टान जस्तो
मुहार देखेर जसले नजर झुकाउछ
कहिले आफ्नै जस्तो त कहिले बिरानो बन्छ
जिन्दगी को एउटा यस्तो साथी
जो सागर हो, तर मन को प्यासी होइन

कसैले तिमीलाई सोधे को हु म ,
तिमीले भनी दिनु कुनै खास मान्छे होइन"

एउटा साथी जो नभन्न खोज्दा खोज्दै पनि धेरै कुरा भन्छ
यादमा जसको एउटा धमिलो मुहार रहिरहन्छ
यतै कतै उ नहुदाँ केहि चिन्ता छैन
तर पनि कहिलेकाहीँ आखाँ बाट आसु बनेर झरिदिन्छ
यतै कतै उ मेरो मुटु मा बसेको छ
तर पनि यिनी आखाँलाई उसको तलास छैन
nepali+cute+boy+narayan+belbse+a+boy+with+rose+flower+boy+in+dress+lumbini+banijya+campus+student+dress
NB Sansar
Butwal-13 Devinagar Rupandehi
Lumbini - Nepal
कुनै खास मान्छे होइन

Search

Contact Form

Name

Email *

Message *