सुनको लंका चाहिन्न अब नेपाली माया छ - Palpali Milan

14 November 2011

demo-image

सुनको लंका चाहिन्न अब नेपाली माया छ


हुदैँन ताप,घामको राप शितल छाँया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ

आँखामा फुल्छ गुराँस मेरो वन र पाखाको
आनन्द लाग्छ सुनेर गीत लेकाली भाकाको

अग्लो त्यो गिरी,तराई मेरो दाँया र बाँया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ
cute+nepali+girl+with+laliguras+laligurash

तिर्सना लागे पिउँला पानी झर्ना र खोलाको
फर्केर आउ स्वदेश आफ्नै किन हो टोलाको ?
मरेर लानु के नै पो छ र एउटा काया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ

हुदैँन ताप,घामको राप शितल छाँया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ


Bina+Tamang+Nepali+Sahitykar+Kathmandu

बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं
सुनको लंका चाहिन्न अब नेपाली माया छ

Search

Contact Form

Name

Email *

Message *