लक्ष्य आफ्नो पुरा गर्न पल पल तिमि सर्दै गयौ
साथ पाउदा आफन्तको घाउमा मलम भर्दै गयौ
अतीतलाई भुल्छु भन्यौ तिम्रो साथ पाएपछि
टाढाबसी हेर्दैछु म कसमहरु मार्दै गयौ ।।।
थोरै खुसि दियौ मलाई मुटु भरि बेर्दै छु म
जे जे भन्यौ ज्ञानी बनि तिम्रो कुरा टेर्दै छु म
मेरो मनको बगैँचामा खेल्न आउँछौ सपनीमा
सपनीमा भए पनि आंचल भित्र बेर्दै छु म ।।।
मैले बोल्ने भाषा आज बनवटी लाग्न थाल्यो
आँसुको मूल फुट्छ सधै नैरश्यता जाग्न थाल्यो
संघर्ष नै जीवन हो भन्दै अघि सर्दै छु म
डर लाग्छ विस्वास के हो ? आफै बाट भाग्न थाल्यो ।।।
बिमला अधिकारी {देवकोटा}
भरतपुर चितवन
Nepali Muktak By Bimala Adhikari Devkota
No comments:
Post a Comment