** समर्पण उनको प्रेम थियो ** - Palpali Milan

Recent

18 January 2012

** समर्पण उनको प्रेम थियो **


खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको
समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको ।

शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी ?
अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी ?

कोशिश पुगेन की आफ्नो मायाको हद उसलाई बुझाउन
कहिँ उनको त्याग विवशता त थिएन उसलाई रिझाउन ।

अभिमान जलाउने को थियो या थियो गल्ती जल्नेको ?
थियो भूल पुतलीको बुझाईको या खरानी पार्न बल्नेको ?


सर्जक
अनु शाह 
काठमाडौँ  नेपाल हाल Boston MA

No comments:

Post a Comment

Search