** सिक्किम रोए जस्तै गरी तिमीले मलाई नरुवाउनु ** - Palpali Milan

09 January 2012

demo-image

** सिक्किम रोए जस्तै गरी तिमीले मलाई नरुवाउनु **

Shanti+Adhikari

नेताहरुको ताल जस्तै तिम्रो माया जाल भयो
किनार छुदै सुट्ट भाग्ने त्यही नदिको छाल भयो

दशगजा हराए झै आफ्नै मन कता लुक्यो
टनकपुर दुखे जस्तै तिम्रो चालले मन दुख्यो

बिखण्डीत यो मेरो माया सघिंयतामा टुक्र्याई दियौ
महेशपुर ,सुस्ता लुटिए झै आत्मा शरिर छुट्याई दियौ


सगरमाथाको चोखो हिउँ झै माया दिदा शकां गर्छौ
विदेशिले खेलाए झै तिमी दोधारमा किन पर्छौ

लक्ष्मणपुरमा बाध बाधे झै किन तिमीले मन बाध्यौ
झुट्टा भाषण छाटे सरि कि त तिमीले गफ छाट्यौ

पराईले देश लुटे झै भन तिम्लाई कस्ले लुटयौ ?
घुसखोरीको शिर झुके झै किन तिम्रो शिर झुक्यौ

नदि, पासपोर्ट बेचे सरि आफ्नो पनलाई बेच्दिन म
राष्ट्रियता मर्ने गरी तिमीलाई केही गर भन्दिन म

सिक्किम रोए जस्तै गरी तिमीले मलाई नरुवाउनु
झुटको जितमा वकिलले झै गिता मलाई नछुवाउनु

शान्ती अधिकारी
लमजुङ्ग नेपाल ।।
हाल नेपालगञ्ज

Search

Contact Form

Name

Email *

Message *