विरहको कथा !!! - Palpali Milan

30 January 2012

demo-image

विरहको कथा !!!

neeta+kc+bhattraiलेख्न जान्दिन म
केहि भावनाहरु जन्मन्छन् शब्द बनि
बोल्न  जान्दिन म
केहि शब्दहरु हुर्कन्छन् उदगार बनि

माया गर्न जान्दिन म
परिभाषा मात्र खोतल्छु शब्दहरु खनी
तिम्रो हुन सक्दिन म
माया मात्र गर्छु केवल तिम्रो बनि





जिन्दगीको मूल्य जान्दिन म
विद्वानहरु संग बोल्छु सार भेटिएलानी भनि
रातभर तारा गन्छु म
भेटिन्छकी कोहि आफ्नो विरहको कथा बनि !!!

कवियत्री
निता के.सी. भट्टाराई
लैनचोर काठमा

Search

Contact Form

Name

Email *

Message *