नेपाली गजल " तिम्रै नाम छ " - Palpali Milan

17 January 2012

demo-image

नेपाली गजल " तिम्रै नाम छ "

Laxman+Milan+Bista

गजल भित्रको बहरमा तिम्रै नाम छ
मेरा यि प्रत्येक रहरमा तिम्रै नाम छ

म लेख्छुँ गजल रुदै रुदै तिम्रो यादमा
कसम सपनाको लहरमा तिम्रै नाम छ

तिम्रै नाम जप्ने गर्छु भक्कानो फुट्छ मनमा
प्रभाती किरणको प्रहरमा तिम्रै नाम छ


सिन्दुरले मुल ढोका बन्द गरी पराई भयौ
मेरा यि आँशुको नहरमा तिम्रै नाम छ

कोठाको भित्तामा तस्विर छन् धोकेवाज
अचेल गाँउदेखी शहरमा तिम्रै नाम छ

आँफैले आँफैलाई सिध्याउने कोशिस गरेँ
र पनि सकीनँ जहरमा तिम्रै नाम छ 

गजलकार 
लक्ष्मन मिलन विष्ट 
अछाम नेपाल हाल मुम्बई

Search

Contact Form

Name

Email *

Message *