* सुनलाई जती पगालेनी,पित्तल कहिले बन्दैन * - Palpali Milan

31 January 2012

demo-image

* सुनलाई जती पगालेनी,पित्तल कहिले बन्दैन *

Darshan+Yonghang+Limbu
अन्ध्यारोमा कती बस्नु, एउटा टुकी बालौन
नयाँ विचार मनमा राखी, पुरानोलाई ढालौन

आज विकृती र विसङ्गतिले, दुर्गन्ध भो हेर
गाउँ बस्ती सुधारनलाई, सबले पाइला चालौन

सुनलाई जती पगालेनी,पित्तल कहिले बन्दैन
वैरी भाव फाली हजुर, कुविचारलाई गालौन

बैशाखीको साहारामा,पराइकै भर कती पर्नु
चुहिएको आफ्नो घरको छानो,सबै मिली टालौन

एकथुकी सुकी सयौ थुकी,खोली बग्छ भन्छन
सुन्दर समाज बनाउन,मनको मैलो फालौन
गजलकार
दर्शन योङ्हाङ लिम्बु
भद्रपुर नेपाल ।

Search

Contact Form

Name

Email *

Message *