जुनेलि सँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई । - Palpali Milan

22 January 2012

demo-image

जुनेलि सँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई ।

anu+shah

जुनेलि सँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई
पवन संगै खबर पठाएको छु, नबिर्सिनु है मलाई

कहिले विवशताले रोक्छ,कहिले परिस्थितीले छेक्छ
मौसम त बदलिन्छ नै तर, नबिर्सिनु है मलाई

कहिले कहीं आशुंको न्यानोमा निदाउने बानी छ
अज्ञान मनको  कमजोरी ठानेर,नबिर्सिनु है मलाई


ईन्द्रचोकको चुरा र असनको चिया पसलमा हुन्न
तीजको पर्व र दसैंको चाडमा नबिर्सनु है मलाई



गजलकार
अनु शाह 
काठमाडौँ  नेपाल हाल Boston MA

Search

Contact Form

Name

Email *

Message *