गीता दिदीका मुक्तकहरु - 2 । नेपाली मुक्तक । गीता थापा । - Palpali Milan

09 February 2012

demo-image

गीता दिदीका मुक्तकहरु - 2 । नेपाली मुक्तक । गीता थापा ।

Gita+thapa+Doshi+isarel
जति पिए पनि प्रेमको प्याला प्यास अधुरो
इच्छा शक्ति रोक्न सक्तैन विचरो मन बबुरो
जव निख्रिन्छ बल,बैंश तव चिन्तामा डुबेर
पछुताउँछ जिन्दगी धिपधिप दिप झैं मधुरो ।1।

अन्धविश्वाशमा डुबेर मन तनावग्रस्त
दुनियाँको भाग्य पढेर उ देखिन्छ मस्त
भाग्यरेखा पढ्दापढ्दै कहलिन्छ जोतिष
जान्दैन आफ्नै जीवन कैले हुने अस्त ।2।


जीवनको अर्थ नबुझ्दै दायित्वको प्रमाणपत्र थमाएर
कहिल्यै सोधिनौ आमा त्यहाँ कसरी बसिस् रमाएर?
जुनबेला जोस् जाँगर उमंग थियो आफूलाई चिनिन
अहिले आएर बल्झिदैछु म अतितको हाँगो समाएर ।3।

सप्पैलाई कहाँ मिल्छ तिम्ले भने जस्ता तीन कुरा?
ओंठमा लाली फक्रेको देख्नु हुन्न हान्न तम्सिन्छन् छुरा
साउती मार्दै एकान्तमा गिज्याउँनेहरूको लाममा
तमासा बन्छन् पाऊका निर्दोष पाउजु र हातका चुरा ।4।

सगरमाथा छुन खोज्छु म सागर ताक्छौ तिमी
निर्जन वनमा एक्लो हुँदा मलाई डाक्छौ तिमी
सोच्ने ढंग फरक भयो एक्लै यात्रा गरौं भन्दा
बिश्वाशघातको नाम दिएर विश्व हाँक्छौ तिमी ।5।


हात्तीसँग उन्मत्त हैन सागरसँग गाम्भिर्य सिक्नुपर्छ भन्छौ
मनस्थिति धमिल्याएर परिस्थितिसँग बिक्नुपर्छ भन्छौ
नदीनाला पहाड पर्वतका खजाना शत्रुलाई सुम्पिएर
हिङ नभएनि हिङ बाँधेको टालोको धाकमा टिक्नुपर्छ भन्छौ ।6।

रचनाकार
गीता थापा “दोषी”
हाल ईजरायल
गीता दिदीका मुक्तकहरु -2 । नेपाली मुक्तक । गीता थापा ।

Search

Contact Form

Name

Email *

Message *