दुनियाँले !! गजल । जीतु खड्का गाउँले । - Palpali Milan

23 February 2012

demo-image

दुनियाँले !! गजल । जीतु खड्का गाउँले ।

jeetu++khadka+gaaule
थे'न नाता हामी बिच जोडीदिए दुनियाँले
बसेको थ्यो घरबार तोडीदिए दुनियाँले !!

खुशी हुन कहाँ दिए पारी छोडे भूमरिमा
संघर्षमा बाँच भन्दै छोडीदिए दुनियाँले !!

मनै भरी रंगीचंगी फूलहरु फक्रीदै थे
फूल संगै फूलबारी गोडीदिए दुनियाँले !!



भरोषाको दियोबाली लाग्यौ हामी गन्तव्यमा
उल्टो पाउ दोबाटोमै मोडीदिए दुनियाँले !!

जिन्दगीको लडाइमा विजय'नै चाइयो रे
सवारीमा लङडो त्यो घोडीदिए दुनियाँले !!

गजलकार
जीतु खड्का गाउँले
मोरंग उर्लाबारी

Search

Contact Form

Name

Email *

Message *