लुटी गयौ खुशी सबै । गीत । बिमला अधिकारी । - Palpali Milan

23 February 2012

demo-image

लुटी गयौ खुशी सबै । गीत । बिमला अधिकारी ।

Bimala+devi+adhikari
छैन मलाई समाजको अब कुनै डर पनि
मलाई मायाँ गर भन्दै लाउँदिन कर पनि

तिम्रो माया पाउन कति बगे मेरा आसुँ
लुटी गयौ खुशी सबै कसरी म हाँसु
रुदै मागे तिम्रो साथ दिएनौ खै भर पनि
मलाई मायाँ गर भन्दै लाउँदिन कर पनि





गर्ने छैन गुनासो म तिम्ले अन्तै आँटे पछी
मैले गर्ने चोखो मायाँ धन संग साटे पछी
पाइला तिम्ले मोडी सक्यौ भन्दिन म सर पनि
मलाई मायाँ गर भन्दै लाउँदिन कर पनि!

छैन मलाई समाजको कुनै अब डर पनि
मलाई मायाँ गर भन्दै लाउँदिन कर पनि
गीतकार
बिमला अधिकारी {देवकोटा}
भरतपुर चितवन

Search

Contact Form

Name

Email *

Message *