आँशु हैन बग्यो खुन । गजल । श्रेष्ठ बसु । - Palpali Milan

24 February 2012

demo-image

आँशु हैन बग्यो खुन । गजल । श्रेष्ठ बसु ।

Shrestha+Bashu
तिमी बाट टाढा हुन मेरो बाध्यता
भए एक्लो आज रुन मेरो बाध्यता !!

मारी दियौ टुसाएका माया लाई नै
जिउन् लाई विष छुन मेरो बाध्यता !!

हाँस्नु प्रिय सधैँ सधैँ म रोए पनी
चुप चाप तिमी सुन मेरो बाध्यता !!


माया रैछ ठुलो भुल चिन्न सकिन
आँशु हैन बग्यो खुन मेरो बाध्यता !!

टोलाउन थालेकी छु गल्ती सम्झेर
रात भरी हेर्छु जुन मेरो बाध्यता !!

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल

Search

Contact Form

Name

Email *

Message *