मुटुले मुटु छुन्छ । नेपाली गजल । अस्मी जी.एम.। - Palpali Milan

22 February 2012

demo-image

मुटुले मुटु छुन्छ । नेपाली गजल । अस्मी जी.एम.।

Ashmi+GM
सायद यस्तै हुन्छ क्यारे मायामा
मुटुले मुटु छुन्छ क्यारे मायामा

मनको संगम मनै संग हुँदा
हजार सपना बुन्छ क्यारे मायामा

सुत्नै हुन्न सपनीमा आइहाल्छ
मनले बिन्ति सुन्छ क्यारे मायामा


टाढा भयोकी आँखा रसाई हाल्ने
आँशुले पिडा धुन्छ क्यारे मायामा

गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल

Search

Contact Form

Name

Email *

Message *