दुखी छोरीको विलौना । नेपाली कविता । योगेन ढोली । - Palpali Milan

Recent

22 February 2012

दुखी छोरीको विलौना । नेपाली कविता । योगेन ढोली ।

भाइको हातमा कापी कलम मेरो हातमा डोको
मेरो पनि थियो नि बाबा अक्षर चिन्ने धोको
बुझ्ने पाइन महिले कोही छोरीको मन रोको
खोल्ने ठाउ नै कतै थिएन वेदना को पोको

साँझ बिहान चुलो चौका भुल्थे सधै मझेरीमा
झिस मिसेमा गाग्री बोकी रुदै पुग्थे पंधेरीमा
जिन्दगी  नै सुक्यो बाबा अशिक्षा को खडेरीमा
यो छोरीको दु:खी जीवन फस्यो किन अधेरीमा


छोड्नै पर्ने माईती घर लाई मेरो पाईतो सर्‍यो
न्याउली बनी यो मन रोयो आँसु धारा झर्‍यो
छोरी हेप्ने कु चलनले मलाई जिउदै मार्‍यो
अशिक्षाको उपज होला मैले दासी बन्न पर्‍यो

रात दिन ढिकी जाँतो हात मा उठ्छन ठेला
वर्षा मास झरी बादल दिनै धाउनै पर्छ मेला
अभागी म छोरिलाई किन गर्‍यौ माइती हेला
कर्मको फल भोग्दै छु म आज यती बेला
मलाई जस्तै छोरीहरुलाई नगर्नु है हेला

कवी
योगेन ढोली
लुक्ला,सोलुखुम्बु

No comments:

Post a Comment

Search