दुई मुटु साटी बाँचौंला । नेपाली गजल । अतित सुब्बा । - Palpali Milan

22 February 2012

demo-image

दुई मुटु साटी बाँचौंला । नेपाली गजल । अतित सुब्बा ।

atit+Lingden
दुनियाँको सामु प्रेमको नाम टाँसौंला हामी पनी
समाजले रोके नातामा डाँडा काटौंला हामी पनी

मानिसको कोलाहलमा लुक्नु छैन शिर झुकाई
दुख सुखमा दुई मुटु साटी बाँचौंला हामी पनी

उराठ बन्थ्यो देउराली पाखा कोइली चरी गाउँदा
अब रुनु हुन्न फेरी रमाई नाँचौंला हामी पनी


यात्रा अलग भए पनी बन्यो नाता अहिले छुट्टै
संसार बनाएर खुशी बाँडी हासौंला हामी पनी

फूल सरी फक्रिएको चुडी गए होला कयौं थुंगा
सुन्दर यो जवानीको माला गाँसौंला हामी पनी

गजलकार
अतित सुब्बा
झापा

Search

Contact Form

Name

Email *

Message *