काट्यो भने सबैको रातै हुन्छ रगत । गजल । अस्मी जी.एम.। - Palpali Milan

24 February 2012

demo-image

काट्यो भने सबैको रातै हुन्छ रगत । गजल । अस्मी जी.एम.।

Ashmi+GM
जातपात,छुवाछुत गर्ने पनि उस्तै
समानता,अधिकार हर्ने पनि उस्तै !!

काट्यो भने सबैको रातै हुन्छ रगत
समाजमा झुटो भ्रम छर्ने पनि उस्तै !!

मानवता बिर्सिएर प्रतिस्पर्धा गर्दै
आपासमा द्धन्द गर्दै मर्ने पनि उस्तै !!



संस्कार नै बिर्सिएर राशलीला गर्दै
कुसंस्कारी भुमरीमा पर्ने पनि उस्तै !!

मैमत्त भै निर्धा माथि अत्याचार गर्दै
मस्तिष्कमा कुविचार भर्ने पनि उस्तै !!

गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल

Search

Contact Form

Name

Email *

Message *