माधुरी !! गजल । बुद्धी मोक्तान । - Palpali Milan

24 February 2012

demo-image

माधुरी !! गजल । बुद्धी मोक्तान ।

Buddhi+Moktan
जवानी छरेर हुर्किछ्यौ माधुरी
भनेको थोरैथ्यो फुर्किछ्यौ माधुरी !!

आँखामा गाजलु पोतेर तिमी त
परेली सबै नै खुर्किछ्यौ माधुरी !!

प्रितको चाहना बोकेर मनमा
जवान सामुन्ने घुर्किछ्यौ माधुरी !!



वसन्ती जवानी मुहान रसिदा
रङ्गिन थोपामा तुर्किछ्यौ माधुरी !!

छल्किदो जवानी उधाङ्गित भयो कि
कसिलो चौबन्धी सुर्किछ्यौ माधुरी !!

गजलकार
बुद्धी मोक्तान
सियोल दक्षिण कोरिया

Search

Contact Form

Name

Email *

Message *