तिम्रो छाती चस्कियोस । गजल । दर्शन योङ्हाङ लिम्बु । - Palpali Milan

23 February 2012

demo-image

तिम्रो छाती चस्कियोस । गजल । दर्शन योङ्हाङ लिम्बु ।

Darshan+Yonghang+Limbu
यदा कदा याद आए,तिम्रो मुटु झस्कियोस
सम्झनामा मन रुदा,तिम्रो छाती चस्कियोस ।।

घर छोडेको दुई दिन मै,नाठो सङ्ग गएछौ
सुख पाउदा मातियौ,तिम्रो छाती चस्कियोस ।।

आफ्नै खुन बिर्सने,कस्तो कठोर मन पनि
कहालिन्दा त्यही खुन,तिम्रो छाती चस्कियोस ।।


कलीला..ति मुना,दुई मुटु का धड्कन ले
ममी भनी पुकारदा,तिम्रो छाती चस्कियोस ।।

लाला बाला रुदा हुन, मातृत्व को अभाव मा
थोपा थोपा झर्दा आशुँ,तिम्रो छाती चस्कियोस ।।
गजलकार
दर्शन योङ्हाङ लिम्बु
भद्रपुर नेपाल ।

Search

Contact Form

Name

Email *

Message *