म त जली सकेको छु । गजल । रोशन भट्ट । - Palpali Milan

Recent

23 February 2012

म त जली सकेको छु । गजल । रोशन भट्ट ।

पल पल नजलाऊ मलाई , म त जली सकेको छु
अनायासै नचलाऊ मलाई , म त बली सकेको छु

देउ माया तिम्रो तिमी बिना जिन्दगी यो अधुरो छ
अनायासै नफलाऊ मलाई , म त फली सकेको छु

आउ माया तिमी मेरो जीवनमा यो किन अपुरो छ
अनायासै नढलाऊ मलाई , म त ढली सकेको छु


घरि घरि आउँछ याद तिम्रो दिल यो किन अधुरो छ
अनायासै नगलाऊ मलाई , म त गली सकेको छु
अनायासै नचलाऊ मलाई , म त बली सकेको छु !!

गजलकार
रोशन भट्ट
दोहा-कतार

No comments:

Post a Comment

Search