हाँस्दै गाउँनु पर्छ । नेपाली गजल । राई मुक्मेन रमेश । - Palpali Milan

11 February 2012

demo-image

हाँस्दै गाउँनु पर्छ । नेपाली गजल । राई मुक्मेन रमेश ।

Rai+Munkmen+Ramesh
रिसको मातमा हाम नफाल खुट्टा फेरि टेक्नु पर्छ
सत्य झुटो साँच्चो के हो पहिले त्येसलाई देख्न्नु पर्छ

भन्न काहाँ सकिन्छ र सारा जाहाँ राम्रो हुन्छ
दु:ख पिडा पनछ्याउदै आफ्नै मनलाई सेक्नु पर्छ

पाईन्न यहाँ कहि कतै सधै बाच्ने पञ्च अमृत
जिउदै लाशमा गाडीएका काँडाहरु झिक्नु पर्छ


रुन हुन्न आयू सम्म हाँस्दै गाउँनु पर्छ
खालि हातै पक्कै एकदिन त्यहि नै पिक्नु पर्छ

रिसको मातमा हाम नफाल खुट्टा फेरि टेक्नु पर्छ
सत्य झुटो साँच्चो के हो पहिले त्येसलाई देख्न्नु पर्छ

गजलकार
राई मुक्मेन रमेश

Search

Contact Form

Name

Email *

Message *