चुपचाप निदरीमा आउने गर्छौ । नेपाली गीत । बिना थिङ्ग तामांग । - Palpali Milan

13 February 2012

demo-image

चुपचाप निदरीमा आउने गर्छौ । नेपाली गीत । बिना थिङ्ग तामांग ।

Bina+Theeng+Tamang
चुपचाप निदरीमा आउने गर्छौ ,कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ ,कस्तो तिमी?

खोलाहरु सुसेलेर उर्लिउर्लि बग्न थाल्यो
हुरि जस्तै उडिआई चैन मेरो लग्न थाल्यो
मनै हर्ने भाका झिकी गाउने गर्छौ ,कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ ,कस्तो तिमी?




भेट हुदाँ बोल्न खोजे मुस्कुराउने मेरो माया
अघिपछि जहिले पनि पछि लाग्ने घामको छाँया
बोल्यौ भने मोहनी नै लाउने गर्छौ ,कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ ,कस्तो तिमी?

चुपचाप निदरीमा आउने गर्छौ ,कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ ,कस्तो तिमी?

गीतकार
बिना थिङ्ग तामांग 'सुनगाभा'
काठमाडौँ नेपाल

Search

Contact Form

Name

Email *

Message *