*** चन्द्र सुर्य अंकित झण्डा फहराउने हात भेटुँ । *** - Palpali Milan

Recent

08 February 2012

*** चन्द्र सुर्य अंकित झण्डा फहराउने हात भेटुँ । ***


जहाँ जाउँ स्वाभिमानी नेपालीकै जात भेटुँ
चन्द्र सुर्य अंकित झण्डा फहराउने हात भेटुँ ।

हिउँचुलिको निश्चल मायाँ मनैभरी साँचेको छु
सम्झिएर सगरमाथा पलपल बाँचेको छु ।
आँधिहुरी छेक्न सक्ने शक्तिशाली माथ भेटुँ
चन्द्र सुर्य अंकित झण्डा फहराउने हात भेटुँ ।



मैले मेरो माटोभरी चोखो प्रीत रोपेको छु
फक्रिएर फुल्छ गुराँस पर्खि बसेको छु ।
चारैतिर फैलिरहने विरताको सुवास भेटुँ
चन्द्र सुर्य अंकित झण्डा फहराउने हात भेटुँ ।

तराईको सुनौलो फाँट पहाडबाटै देख्ने गर्छु
नेपाललाई मुटु बनाई आत्मकथा लेख्ने गर्छु ।
कथाको त्यो मोडहरुमा सुन्दर धेरै प्रभात भेटुँ
चन्द्र सुर्य अंकित झण्डा फहराउने हात भेटुँ ।

मुटु मेरो दुख्यो भन्थेँ नेपाल दुख्या रैछ
मेरो देश त मेरै मुटु भित्र लुक्या रैछ ।
हिंसा र अन्यायलाई दिन सक्ने घात भेटुँ
चन्द्र सुर्य अंकित झण्डा फहराउने हात भेटुँ ।

गीतकार
Naina Nirjharaa
Dhading Nepal

No comments:

Post a Comment

Search