समर्पण गर्छु यो दिल आज । नेपाली गजल । श्रेष्ठ बसु । - Palpali Milan

13 February 2012

demo-image

समर्पण गर्छु यो दिल आज । नेपाली गजल । श्रेष्ठ बसु ।

Shrestha+Bashu
तिमी बिना लाग्छ जिन्दगी खाली मलाई
प्यारो लाग्छ किन तिम्रो त गाली मलाई

माया प्रेम कस्तो रहेछ बुझ्दै छु मैले
गल्ती भए नभन्नु कैले जाली मलाई

माया को फूलबारी गोडौला मिलेर नै
सक्छौ भने बनाई देउन् माली मलाई


समर्पण गर्छु यो दिल आज तिमीलाई
के बनाउन् सक्छौ ? पुजाको थाली मलाई

थिए म नी कुनै बेला फक्रिएको फूल
नसम्झी दिऊ भाँचिएको डाली मलाई

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल

Search

Contact Form

Name

Email *

Message *