नआउ न प्रेम दिवस तिमी । नेपाली गजल । रोशन भट्ट । - Palpali Milan

13 February 2012

demo-image

नआउ न प्रेम दिवस तिमी । नेपाली गजल । रोशन भट्ट ।

Roshan+Bhatta
नआउ न प्रेम दिवस तिमी , यो हात समाउने छैन कोही
व्यर्थैमा किन वेदना बढ्छ , यो रात बुझिदिने छैन कोही

हाल्छु सुस्केरा अनि झस्किन्छु देखेर ति सुन्दर जोडीहरु
प्रेम प्रस्ताव त राखेकै थिए,यो बात बुझिदिने छैन कोही

देख्दा ति राता गुलाफ फूलहरु रहर जाग्छ यो मुटुमा किन
मलाई पनि झुमु झुमु लाग्छ,यो मात बुझिदिने छैन कोही


ति प्रेमिल आलिंगन अनि चुम्बन बर्सिदा साउने झरी सरी
कुटुक्क दुख्छ र पिडा हुन्छ,यो घात बुझिदिने छैन कोही

ति चिसा चिसा रहरहरु मेरा कसरी हुन्छ तातो तिमी बिना
म पनी त एक प्रेमिल युवक हुँ,यो जात बुझिदिने छैन कोही
व्यर्थैमा किन वेदना बढ्छ, यो रात बुझिदिने छैन कोही !!

गजलकार
रोशन भट्ट
दोहा-कतार
नआउ न प्रेम दिवस तिमी  । नेपाली गजल । रोशन भट्ट ।

Search

Contact Form

Name

Email *

Message *