जातको कुरा गर्ने भए,मलाई देख्दा तर्के हुन्छ !!! - Palpali Milan

07 February 2012

demo-image

जातको कुरा गर्ने भए,मलाई देख्दा तर्के हुन्छ !!!

Om+prakash+bhattrai+shubhchintak
जातको कुरा गर्ने भए,मलाई देख्दा तर्के हुन्छ
झुक्किएरै छोए हुलाँ,सुनपानीले छर्के हुन्छ

कमजोर आफै बनेको छु,चुपचाप सहि दिउँला
अफसोचमा गल्ति भए,मूख छाडेरै जर्के हुन्छ

स्वार्थी तिमी भन्दिन म,मेरै भाग्य खोट लाउँला
सुखी जीवन मिल्छ भने,सुखी रोजेर सर्के हुन्छ

रगत मेरो एकै पाउ ,तिम्रो नशामा दौडेको छ
गुनको भारा तिर्ने भए,मेरै बाटो पर्खे हुन्छ

एउटा कुरा बुझिराख,मान्छे हेरी हुन्छ त्यो मन
धेरै चंचल भयौ भने,जिन्दगानी भर के हुन्छ !!!
गजलकार
ओम प्रकाश भट्टराई {शुभ चिन्तक }
मोतिपुर -९ कपिलवस्तु 

Search

Contact Form

Name

Email *

Message *