भित्र्याउने छु तिमीलाई म बजाउंदै नौमती दमाहा !! - Palpali Milan

02 February 2012

demo-image

भित्र्याउने छु तिमीलाई म बजाउंदै नौमती दमाहा !!

atit+Lingden
वर्षातको झरी बनी वदन तिम्रो भिजायो की कतै
औंसीको रातमा झैं जुनकिरीले गिजायो की कतै !!

कोपिला झैं हाम्रो माया फक्रिन नपाई समाजले
तिम्रो मेरो जोडी देखि सारा हल्ला फिजायो की कतै !!

शिसीरले वसन्त लाई सुस्केरा हाली चुमी दिंदा
कोमल त्यो मुटु भित्र काँडा सरी बिजायो की कतै !!


नबस तिमी सजिएर फुटी जाने तिनै सिसा भित्र
सुन्दर रुप देखेर दर्पण छायाँ खिजायो की कतै !!

भित्र्याउने छु तिमीलाई म बजाउंदै नौमती दमाहा
पन्चे बाजा धुन बज्दा मन तिम्रो रिजायो की कतै !!
गजलकार
अतित सुब्बा (लिङ्देन)
झापा

Search

Contact Form

Name

Email *

Message *